म्याग्दी जीप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरबाट पोखरा ल्याइयो


७ चैत्र २०७६, शुक्रबार
accident 2

म्याग्दी, ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा जीप दुर्घटना हुँदा गम्भिर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा ल्याइएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

शुक्रबार बिहान रघुगंगा गाउँपालिका–४ को दन्गाममा ग २ च ५९८८ नम्बरको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । धाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

प्रजिअ ढकालका अनुसार दुर्घटनामा घाइतेहुनेहरुमा युवी गर्वुजा, सुकमाया गर्वुजा, मनबहादुर तिलिजा, बर्षा शेरपुञ्जा, हमाया पुन, साविना शेरपुञ्जा, मिञ्जा पुन र भदेवी गर्बुजा घाइते भएका हुन्। घाइतेमध्ये मिञ्जा र भदेवीको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेलिकोप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा पठाइएको प्रजिअ ढकालले जानकारी दिए ।

‘दुर्घटनामा ९ जना घाइते हुनु भएको छ । गम्भीर घाइते ९ वर्षीया मिञ्जा पुन र ४१ वर्षीया भदेवी गर्बुजालाई बेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल अस्पताल पठाइएको छ’, प्रजिअ ढकालले भने ।

भिरालो ठाउँमा रोकिराखेको जीप एक्कासी चिप्लेर दुर्घटना भएको र दुर्घटनाको समयमा चालक जीपमा नभएको उनले जानकारी दिए । अन्य घाइतेहरुमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम खालको रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको उनले बताए । उद्धारपछि दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७