७२ घण्टामै चितवनको भरतपुरमा कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु


७ चैत्र २०७६, शुक्रबार
bharatpur hospital

चितवन, ७ चैत । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ ।

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा तयार गरिएको अस्पतालको बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालले अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरेको हो ।

अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड शुक्रबारबाटै सञ्चालनमा आएको छ । महानगरपालिका मेयर रेनु दाहालले सेवामा कती पनि कन्जुस्याइँ नगरिने भन्दै बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा महानगर गम्भिर रहेको बताए ।

संघिय सरकारबाट सहयोग प्राप्त नभए महानगरले बिकास बजेट कटौती गरेर भए पनि स्वास्थ्यकर्मीलाई सुविधा उपलव्ध गराउने उनले बताए ।

कोरोना नियन्त्रण कार्यदल चितवनका प्रबक्ता डाक्टर भोजराज अधिकारीका अनुसार अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शैय्या ल्याइएको छ ।

प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन । अस्पतालमा १० शैय्याको सघन उपचारकक्ष र १० श्ययाको हाइ डिपेन्डेन्ट युनिट समेत सञ्चालन गरिने डाक्टर अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७