त्रिविका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु


७ चैत्र २०७६, शुक्रबार
shivalal प्रा डा शिवलाल भुषाल

काठमाडौँ, ७ चैत ।  त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा।डा शिवलाल भुषालले शुक्रबारदेखि कार्यभार शुरु गरेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा ९१० बमोजिम प्रा डा भुसाललाई यही चैत ६ गते नियुक्त गरेको थियो ।

शिक्षाध्यक्षको पदावधि ४ वर्षको हुनेछ । ढाकावाङ– ९, अर्घाखाँचीमा जन्मनुभएका प्रा डा भुसाल यसअघि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन थिए । उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७