ट्राफिक प्रहरीद्धारा मोटरसाईकल चोरी गर्ने पक्राउ


७ चैत्र २०७६, शुक्रबार
trafic police

काठमाडौँ , ७ चैत ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरी भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा जिल्ला कैलाली टिकापुर न. पा. वडा नं. १ घर भई काठमाण्डौं मैतिदेवी बस्ने वर्ष २१ को रोशन अधिकारी र जिल्ला कैलाली टिकापुर न.पा. वडा नं. ८ घर भई हाल किर्तिपुर बस्ने वर्ष १८ को बिबेक थापालाई  पक्राउ गरेकाे हाे ।  

महाशाखाले सादा पोसाकमा खट्टाएको ट्राफिक प्रहरीले चोरी भई हराएको मोटरसाईकलहरु खोज तलास गर्ने क्रममा टिचिङ्ग अस्पतालको पार्किङ्ग स्थलमा पार्किङ गरी राखेको बा ६७ प ३७०७ नम्बरको २२० सि.सी. को कालो रातो रंङ्गको पल्सर मोटरसाईकल शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा चोरी भएको मोटरसाईकल खुल्न आएको हो ।

उक्त मोटरसाईकल यही फाल्गुन ७ गते कलंकीबाट हराएको हुँदा खोज तलास गरी पाउ भनिसुरज ताम्राकारले हुलिया सहितको निबेदन दिएको थिए ।

पक्राउ पर्ने ती व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७