स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १००० नाघ्यो


७ चैत्र २०७६, शुक्रबार
corona effects county

मड्रिड, ७ चैत (सिन्ह्वा)। कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभरि कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो ।

स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो । स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने झण्डै २० हजार पुग्न लागेको पनि जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शुक्रबारसम्ममा १९ हजार ९८० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्यामा एकै दिन दुई हजार ८३३ थपिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७