राष्ट्रिय वाणिज्य बैंकले अप्पर माछाखोला जलविद्युत आयोजनामा लगानी गर्ने


७ चैत्र २०७६, शुक्रबार
received 531669680886460 MNVpUnE2Eu

काठमाडौं, ७ चैत । राष्ट्रिय वाणिज्य बैंकले विकास हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

बिहीबार विकास हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । काठमाडौंको सांग्रिला होटलमा आयोजित सम्झौता समारोहमा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।


सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गर्न लागेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भने ।


कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आयोजना २०७८ मै सक्ने गरि काम तीब्र रुपमा भइरहेको बताए । उनले एनआरएनए र स्थानीयको लगानीमा आयोजना बनिरहेको समेत प्रस्ट पारे । राष्ट्रिय वाणिज्य बैंकलाई धन्यबाद दिदैं आयोजनामा स्थानीयको पूर्ण सहयोग र समर्थन रहेकाले कम खर्चमा उत्कृष्ट आयोजना बन्न लागेको उनले बताए । न्यौपानेले आयोजनाको लाइन धादिङको बसेरीमा जोडन लागिएको बताए ।


गैरआवासीय नेपाली ९एनआरएन० सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम भइरहेकोे न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरीद गर्ने गरी विद्युत खरीद सम्झौता ९पिपिए० सम्पन्न भइसकेको समेत उनले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको थियो।

आयोजनाको लागत ८१ करोड ६५ लाख रहेको छ । जसमध्ये ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने भएका छन् ।

विकास हाइड्रोपावरमा एनआरएनएन एशिया प्याशिफिक सहसंयोजक अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७