कोरोनाभाइरसबाट आक्रान्त विश्वका दारुण दृश्यहरु


८ चैत्र २०७६, शनिबार
Virus Outbreak
A person is taken on a stretcher into the United Memorial Medical Center after going through testing for COVID-19 Thursday, March 19, 2020, in Houston. People were lined up in their cars in a line that stretched over two miles to be tested in the drive-thru testing for coronavirus. (AP Photo/David J. Phillip)

काठमाडौं, ७ चैत :  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व आक्रान्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला १ सय २९ देशमा फैलिसकेको छ। पछिल्लो तथ्याङक अनुसार ११ हजार १ सय ८७ जनाले ज्यान गुमाएको छ ।

सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ९ सय २० पुगेको छ । चीन, इटली र इरानपछि कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्ने देश स्पेन बनेको छ। इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठिरहेका छन्।

अफ्रिकाभरि कोरोनाभाइरसको सङ्क्रमण करिब ८५० जनामा देखिएको छ जुन एक साताअघि देखिएको घटनाभादा छ गुणाले बढी हो। अमेरिकामा एकैदिन १० हजार बढीलाई कोरोना भाइरस संक्रमण भएको छ। बिहीबार मात्र १० हजार ४ सय ९० जना संक्रमित भएपछि अमेरिकी सरकार समेत स्तब्ध भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकामा कोरोना संक्रमितको १६,०५८ पुगेको छ। संक्रमितको संख्यासँगै मृतकको संख्या पनि तीन गुणाले बढेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। बुधबारसम्म ५० जनाको मृत्यु भएकामा बिहीबार त्यो संख्या बढेर २ सय १९ पुगेको छ।

कोरोनाभाइरसले आक्रान्त विश्वका केही दारुण दृश्यहरु :-

Virus Outbreak South Korea
दक्षिण कोरिया
Virus Outbreak Pakistan
पाकिस्तान
Virus Outbreak Pakistan 2
पाकिस्तान
Virus Outbreak Japan Daily Life
टोकियो
Virus Outbreak France
फ्रान्स
Virus Outbreak Britain 2
लण्डन
Virus Outbreak Indonesia
इन्डोनेशिया
Virus Outbreak Britain
बेलायत
Virus Outbreak Indonesia 2
इन्डोनेशिया
Virus Outbreak New Jersey
न्यूजर्सी
APTOPIX Virus Outbreak Indiana
इन्डिया
Virus Outbreak Canada
क्यानडा
Virus Outbreak Texas 1
टेक्सास, अमेरिका
Virus Outbreak Texas 2
टेक्सास, अमेरिका
Srinagar Indian controlled Kashmir
कास्मीर
Barcelona Spain scaled
स्पेन
Germany
जर्मनी

यता दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायतका एशियाली मुलुकहरूले अन्य देशबाट आएका मानिसबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरको सामना गरिरहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७