बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुनबाट कसरी बचाउने ?


८ चैत्र २०७६, शनिबार
balbalika

काठमाडौं, ८ चैत । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पुर्‍याउनु पर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए ।

उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनु पर्ने जानकारी दिँदै भने, ‘कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।’

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए ।

अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, ‘बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७