बलिउड गायिका कनिका कपुरलाई कोरोना


८ चैत्र २०७६, शनिबार
kanika kapoor coronavirus main

लखनउ, ८ चैत । बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको छ । उनले आफै सोसल मिडियामार्फत आफू कारोना संक्रमित भएको जाकारी दिएकी छन् । उनी ९ मार्चमा लण्डनबाट भारत आएकी थिइन् ।

विमानस्थलमा थर्मन स्क्रिनिङ भए पनि त्यतिबेला लक्षण नदेखिएको उनले बताएकी छन् ।
उनी लण्डनबाट फर्केपछि केही पार्टीमा भाग लिएकी थिइन् । उनलाई कोरोना देखिएपछि लखनउमा त्रास छाएको छ ।

उनले विमानस्थलमा अधिकारीहरुलाई झुक्याएर बाहिर आएको आरोप लागेको छ । उनलाई फ्लुको लक्षणलाई लुकाएको समेत आरोप लागेको छ । तर उनले यसलाई अस्वीकार गरेकी छन् । किंङ जर्ज मेडिकल विश्वविद्यालयका आइसोलेशन वार्डका इन्चार्ज डा. सुधीर सिंहका अनुसार कपुरसहित अन्य पोजेटिभको लखनउको पीजीआई अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७