कोरोनाबाट स्पेनमा दुई खेल पत्रकारको मृत्यु


८ चैत्र २०७६, शनिबार
death 1

स्पेन, ८ चैत । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणबाट ५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेसको मृत्यु भएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ एआइपीएसले उल्लेख गरेको छ ।

कोरोना भाइरसको केन्द्रविन्दु यतिबेला युरोप बनेको छ । युरोपमा कोरोना संक्रमित र मृतकको दर तीव्र गतिमा फैलिरहँदा स्पेनमा हालसम्म २४ हजार ९२६ कोरोनाबाट संक्रमित छन् । हालसम्म त्यहाँ एक हजार ३२६ को मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७