कोरोना युरोपमा-प्रभाव किसानमा, हरियो सागसब्जी सस्तियो


८ चैत्र २०७६, शनिबार
safe image

काठमाडौं, ८ चैत । विश्वमा फैलिरहेको कोभिड-१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ ।


कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो सागसब्जी सस्तो मूल्यमा बेच्न परेको गुनासो गरिरहेका छन् ।

यहाँका किसान सरोज महर्जन भन्छन्, “कोरोनाको सन्त्रासले कृषि क्षेत्रलाई पनि निकै समस्या पारेको छ । सागसब्जी सस्तो छ, बिक्दैन । मान्छे उपत्यका बाहिर गए, ठूला होटल बन्द भए, सब्जी खाने मान्छे छैन ।” पुस्तौनी हरियो सागसब्जी खेती गर्दै महर्जनका अरु दुई दाजुभाइ तुल्सीराम र विकेस पनि यसै पेशामा संलग्न छन् । उनीहरुको परिवार धान्ने मुख्य उत्पादन चौसुर–पालुङ्गो, धनियाँ, गाँजर र हरियो प्याज हो । त्यो अहिले निकै सस्तिएको छ ।

महर्जनले भने, “अहिले हामी निकै घाटामा छौँ, छोराछोरीको पढाई खर्च उठाउन त परैजाओस् परिवार धान्नलाई पनि हम्मेहम्मे परेको छ । कुनै बेला धनियाँको साग प्रतिकिलो रु १०० सम्म बिक्री गरेकामा अहिले १० रुपैयाँमा पनि व्यापारी किन्न मान्दैनन्, होटल बन्दछ, विदेशी छैन, लगेर मात्र के गर्नु व्यापारी भन्छन् ।”

ठिमीको नगदेश र मनोहरा क्षेत्रका किसानले वर्षमा पाँच पटक हरियो तरकारी उत्पादन गर्दैआएका छन् । गाँजर भने उनीहरुले वर्षमा दुई पटक उत्पादन गर्दछन् । कुनै बेला प्रतिकिलो ६० सम्म गाँजर बेचेका त्यस क्षेत्रका किसानले आठ रुपैयाँ किलो बेच्नुपर्दा कसरी व्यवसाय र घर चलाउन सकिन्छ भनी प्रश्न गरे।


जापानी असल जातको गाँजरको बीउको मूल्य १० हजारभन्दा बढी पर्छ, माटो मुनि फल्ने हुँदा ठेगान हुँदैन, असल बीउ परेन भने गाँजर धेरै फुट्छ, हागाबिगा र डुकु आउँछ । जापानिज बीउ भनेर बिसाएर बेच्छ, त्यसको मार हामीमा पर्छ, असल बीउ परेन भने लगानी उठ्दैन, पुख्र्यौली पेशा धान्न धौधौ परेको अर्का किसान तुलसीराम महर्जनले गुनासो गरे ।


सिंहदरबारबाट घोषणा भएको कृषि अनुदान महसुस गर्न नपाएको बताउँदै उनले भने, “कृषि अनुदान आयो भन्छन्, सब भित्रभित्रै दुई नम्बरी गर्छन् । बिचैमा हराउँछ, कसले खाँन्छन् अत्तोपत्तो हुन्न, अनुदान त परैजाओस् बाली लगाउने बेला बीउ सटेज गर्छन् । महङ्गोमा किन्न बाध्य हुनुपर्छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७