भूमी मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण


८ चैत्र २०७६, शनिबार
Mask Deliver Covid19 Padma Aryal Syangja 1

स्याङ्जा, ८ चैत्र । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरिकी छिन्।

कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरिन् । स्याङ्जामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गरिन् ।

मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गरेकी छिन् । मन्त्री अर्यालबाट प्राप्त भएको माम्सलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गरिन् ।
भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन् । कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उनले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताइन् ।
सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्‍न सक्‍ने बताइन् ।
जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गरिन् । संक्रमण हुदैमा मृत्यु नहुनले भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताइन्।  अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गरिन् ।

कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिइन्।
उनले कोरोना भाइरसको समस्या बढेमा एरिया लकडाउँन गर्नसक्ने समेत बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली काँग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्न तयार रहेको बताइन् ।
बैठकले सरकारको निर्णयलाई जस्ताको जस्तै कार्यान्वय गर्ने निर्णय गरेको छ भने बिदेशबाट फर्केका नेपालीलाइ १४ दिन गाउँपालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ ।
साथै होटेल, रिसोर्ट, बार पसलका सञ्चालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७