वायुसेवा सञ्चालकहरुलाई बोलाएर पर्यटन मन्त्रीले भने, ‘भाडादर पुनर्विचार गर्नुहोस्’


८ चैत्र २०७६, शनिबार
Yogesh Bhattarai 1

काठमाडौं, ८ चैत :  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टाईले वायुसेवा सञ्चालकहरुले तत्काल भाडादर पुनर्विचार गर्ने अनुरोध गरेका छन् । कोरोनाभाइरसको सम्भावित महामारीको खतरासँगै उपत्यका छोड्ने यात्रुहरुको संख्या बढेसँगै विमानहरुले तोकिएभन्दा बढी मुल्य लिएको भन्दै गुनासो बढेपछि मन्त्री भट्टाईले सञ्चालकहरुसँग छलफल गरेका हुन् ।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरे । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने मन्त्री भट्टाईले बताए ।

मन्त्रीको अनुरोधपछि वायुसेवा सञ्चालकहरुले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिवद्धता जनाए । आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७