अख्तियारको हिरासतमा रहेकालाई छाडिंदै


९ चैत्र २०७६, आईतवार

काठमाडौं, ९ चैत । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका आरोपितहरुलाई मुक्त गर्ने तयारी गरेको छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हिरासतमा रहेकालाई के कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा आयोगको बैठक बसेपछि थाहा हुनेछ । यद्यपी, उनीहरुलाई छाड्ने मानसिकताका साथ काम भइरहेको उनले बताए ।

भ्रष्टाचार आरोपमा शंकास्पद ब्यक्तिलाई अख्तियारले पक्राउ गरी हिरासतमा राख्न सक्ने कानुनी ब्यवस्था छ ।

हाल अख्तियारको हिरासतमा झण्डै दुई दर्जन आरोपितहरु रहेको बताइएको छ । यस्ता ब्यक्तिहरु धेरैजसो घुस काण्डमा मुछिएका आरोपितहरु छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७