नेपाल कराते प्रतियोगितामा टिम च्याम्पियन


२८ पुष २०७४, शुक्रबार
नेपाल कराते प्रतियोगितामा टिम च्याम्पियन

काठमाडौं: काठमाडौंमा सम्पन्न चौंथो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेकाे हाे  । नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्साल स्थापनाको १९ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको उक्त प्रतियोतिामा नेपालले कुल ३० स्वर्ण पदक मध्य २० वटा स्वर्ण पदक हासिल गर्दै टिम च्याम्पियनको उपाधि जितेको हो ।नेपाल कराते प्रतियोगितामा टिम च्याम्पियन

नेपालको तर्फबाट एकल रुपमा ७ स्वर्ण जित्दै बौद्ध डोजो टिम च्याम्पियन बन्न सफल भएको हो । यसैगरी ४ स्वर्ण जित्दै भुटान दोस्रो स्थान हासिल गर्न सफल भयो भने ३ स्वर्ण, ३ रजत सहित बंगलादेश तेस्रो हुन सफल भयो भने १ स्वर्ण, ४ रजत र ११ काँस्य सहित भारतले चौंथो स्थानमा चित्त बुझायो ।
प्रतियोगितामा बंगलादेशकी निसु अख्तर उत्कृष्ट खेलाडि घोषित भइन भने उत्कृष्ट मार्च पासको ट्रफि भारतले हातपार्न सफल भयो । पुरुषको ४५ किलो तौल समुहमा नेपालका मनिस मगर प्रथम, अनिस लामिछाने दोस्रो, भुटानका गौरी शंकर यादव र भारतका करण खराडी तेस्रो भए । त्यसैगरी ४० किलोमा नेपालका बुद्ध मगर प्रथम, विवेक कुँवर दोस्रो, भारतका मोहत ताज खान र शिवम् अहिरवाल तेस्रो भए । पुरुषकै ५० किलो तौल समुहमा नेपालका किशोर मगर प्रथम, अभय वराइली दोस्रो, भुटानका शिशिर गर्तौला र भारतका तनेस जोशी तेस्रो भए ।

५० किलोमा नेपालका सुविन खत्री प्रथम, अञ्जन कुमार चन्द दोस्रो, भुटानका पुष्प न्यौपाने तेस्रो र भारतका ममेन्द्र तेस्रो भए । यस्तै पुरुष तर्फको ६० किलो तौल समुहमा नेपालका आशिष थापा प्रथम, सुजन राई दोस्रो, भुटानका विकास वस्नेत र भारतका गब्बर सिंह तेस्रो भए । पुरुष तर्फके ६५ किलोमा नेपालका रोशन बलामी प्रथम, भुटानका दिपेश राई दोस्रो, भारतका विशाल चौधरी र नेपालका सन्तोष शेर्पा तेस्रो भए । पुरुषकै ७० किलोमा भुटानका सिद्धार्थ उप्रेती प्रथम, नेपालका सोनम बलामी दोस्रो, भारतका सौरभ कुडेरिया र नेपालका सुकलाल मोक्तान तेस्रो भए ।

७५ किलोमा नेपालका निरञ्जन खड्का प्रथम, डेबिड बुढामगर दोस्रो, भारतका गणेश प्रसाद र शिवम् कुशवाह तेस्रो भए । यस्तै पुरुष तर्फकै ८४ किलोमा भुटानका चन्द्र धिमाल प्रथम, भारतका लालसिंह ठाकुर दोस्रो र नेपालका अमरबहादुर पली तेस्रो भए ।
प्रतियोगिताको पुरुष तर्फको चिड्रेन ८ देखि १० वर्ष समुह तर्फ भुटानका एडी गिरी प्रथम, भारतका एसराज दोस्रो, अर्जुन प्रजापति र बंगलादेशका गौतम रविदास तेस्रो भए । त्यसैगरी महिला तर्फको चिड्रेन १० देखि १२ वर्ष उमेर समुहमा नेपालका सपना तामाङ्ग प्रथम, सनिसा दाहाल दोस्रो, भारतका संयोगिता सेन र नेपालका प्रज्ञा खपाङ्गी तेस्रो भए । महिला तर्फको ६१ किलो तौल समुहमा नेपालका सोनिया मोक्तान पहिलो, रश्मिता श्रेष्ठ दोस्रो र भारतका सुरती सोनी तेस्रो भए ।

त्यसैगरी महिला तर्फकै ६८ किलो तौल भन्दा माथि नेपालका सवनम क्षेत्री प्रथम र जश्मिन श्रेष्ठ दोस्रो भए । यसैगरी महिला एकल कातातर्फ नेपालका मन्दिरा थापा प्रथम, स्मारिका मगर दोस्रो, बंगलादेशका देवी रविदास र नेपालका सञ्जु देसार तेस्रो भए । विजेता खेलाडिहरुलाई प्रमुख अतिथि नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग, नेपाल सितोरियो कराते संघका सचिव तथा आयोजक कमिटिका अध्यक्ष ईश्वर थापा ‘गजेन्द्र’ र अन्तर्राष्ट्रिय स्तरबाट उपस्थित भएका डा।अरुण खरे, सञ्जय घवाले, सफिकुल स्लाम र विभिन्न महानुभावहरुले एक विशेष समारोहबीच पुरस्कार वितरण गरे । नेपाल सहित भारत, बंगलादेश, भुटान, पाकिस्ता सहभागी रहेको उक्त प्रतियोगितामा करिव १ हजार ५ सय खेलाडिहरुको सहभागीता रहेको थियो । यसअघि उक्त प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य एवं पुर्व अर्थमन्त्री वर्षमान पुनले गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७