यी २२ स्थानबाट उपत्यकामा पाइन्छ सजिलै ग्याँस


९ चैत्र २०७६, आईतवार
gass n nepal oli nigam

काठमाडौं, ९ चैत । सरकारले कडाइ गरे पनि अझै ग्याँसमा कालोबजारी नियन्त्रण हुन सकिरहेको छैन । के तपाईले पनि ग्याँस पाइरहनु भएको छैन ? यदि यसो हो भने अव ग्याँस लिने समस्या हुने छैन ।

कोरोनाको सन्त्रास बढेसँगै ग्याँस विक्रीका कालोबजारी बढेपछि उपभोक्तालाई सहज रुपमा ग्याँस उपलब्ध गराउन उद्योगीले काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा आज (आइतबार) देखि रिटेल काउन्टर सञ्चालन गर्दैछन् ।

आयल निगमको निर्देशअनुसार ग्याँस उद्योग संघले आजदेखि काठमाडौंका विभिन्न २२ स्थानमा ग्याँसको रिटेल काउन्टर सञ्चालन गर्न लागेका हुन् ।

निगम र ग्याँस उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्याँस बिक्री गर्न निगमले निर्देशन दिएको हो । समस्यामा परेका ग्राहकले रिटेलबाट पनि ग्याँस खरिद गर्न सक्ने निगमले जनाएको छ ।

ग्याँस संघले पनि विज्ञप्तिमार्फत् आइतबारदेखि २२ ग्याँस ब्रान्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने जानकारी दिएको छ।

काठमाडौंको बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटीबाट बिक्री गरिने संघले विज्ञप्ति जारी गरेर जनाएको छ ।

ओम ग्याँसले थली र नैकाप, बाबा, श्री र लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्याँसले सितापाइला, सूर्य ग्याँसले जगाती, गीता ग्याँसले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्याँसले कागेश्वर मनहरा, भानु ग्याँसले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्याँसले ललितपुरबाट बिक्री गर्ने संघले जनाएको छ ।

gass 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७