पाल्पा जानेहरुका लागि निःशुल्क बस, कहाँ गर्ने सम्पर्क ?


९ चैत्र २०७६, आईतवार
bus 1

काठमाडौं, ९ चैत । पाल्पा । के पाल्पाको हुनुहुन्छ ? अनि कोरोना त्रासका कारण पाल्पा फर्कनका लागि गाडीको टिकट पाइरहनु भएको छैन ? यदि यसो हो भने पाल्पा रामपुर नगरपालिकाले पाल्पा घर फर्कन चाहनेहरुका लागि निःशुल्क बसको व्यवस्था गरेको छ ।

पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कोरोना त्रासपछि काठमाडौंबाट पाल्पा रामपुर घर फर्किन चाहनेहरुका लागि निःशुल्क बसको व्यवस्था गरेका हुन् ।

नगर प्रमुख थापाले आइतबार बेलुकासम्म सम्पर्क गरेर घर जान चाहनेहरुका लागि बसको व्यवस्था गरेको जानकारी दिएका छन् । मेयर थापा यतिबेला आफै काठमाडौ पुगेर बस व्यवसायीसँगको समन्वयमा सोमबार बिहान छुट्ने गरी २ वटा बस व्यवस्था गरेको जानकारी गराएका छन् ।

उनले घर फर्किन चाहानेहरुले ९८४७४५५६११ र ९८६०१६९३२५ मा सिधै फोन गरेर नाम टिपाउने र तोकिएको ठाउमा पुग्न आग्रह गरेका छन् । थापाले आफ्नो नगरका जनताहरुलाई घर जान सहज होस् भन्दै निःशुल्क गाडीको व्यबस्था गरिएको जानकारी दिए । उनले नगरको पश्चिम नाका वडा नम्बर १० सम्म नै गाडी जाने व्यवस्था मिलाइएको बताए ।

नगरपालिकामा कोरोना संक्रमित व्यक्तिहरु नछिरुन भन्नका लागि रामपुर नगरपालिकाको सवै नाकामा हेल्प डेस्क राखेर सवैको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको बताउँदै थापाले कुनै व्यक्तिमा शंका लागेको खण्डमा अस्पताल रिफर गर्ने व्यवस्था पनि मिलाइएको बताएका छन् ।

palpa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७