ठूलो दुर्घटनाबाट जोगियो समिट एयरको जहाज आकस्मिक अवतरण


प्रकाशित मिति : 22 March, 2020 1:11 pm

रामेछाप, ९ चैत । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाण्डौंबाट लुक्काका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवश दाहालले जानकारी दिएका छन् ।

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन् । जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो । तारा यएरको नाईन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।

‘समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा यएरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे । तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रवन्ध मिलाउँदै विमानस्थल खाली गराएँ ।’

एटिसी संग सम्पर्क भएको करिव ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको जनाइएको छ । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै वत्ति बालेका थिए । तर जहाज सामान्य रुपमै अवतरण भएको छ । विमानमा रहेका एक बच्चा र १७ अन्य यात्रु सकुशल छन् ।

विमानका क्याप्टेन तेन्जीङ लामा र सह क्याप्टेनमा पिडी शेर्पा थिए । दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परिक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानविन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्