एनसेलले ल्यायो आकर्षक ‘नाइट कल र एसएमएस प्याक’


९ चैत्र २०७६, आईतवार
1552825372Ncell Main Logo 1 scaled

काठमाडौं, ९ चैत । कोरोना भाइरसका कारण धमाधम मानिसहरु ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका बेला सञ्चार प्रदायक संस्था एनसेलले उपभोक्ताका लागि आकर्षक प्याकेट ल्याएाके छ ।

एनसेलका सबै प्रिपेड ग्राहकहरूले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने छन् । एनसेल प्राइभेट लिमिटेडले मात्र १० (करसहित रुपैयाँ १२.७७ पैसा ) रुपैयाँ माभ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।

यो प्याक सुचालु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत ६) बाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएसएनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स३ एस्ट्रिक्स२ ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रेजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याकलिन सकिन्छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याकजति पटक पनि खरिद गर्न सक्नेछन् ।

यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घता अनुरूप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

एनसेलले गत पुस १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।

यो योजनाअन्तर्गत यदिग्राहहले १२ मिनेट टकटाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।

यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेटसम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७