ट्रम्पले लिखित भाषणमै ‘कोरोना’ मेटेर लेखे ‘चाइनिज’ भाइरस, चुलियो आलोचना


९ चैत्र २०७६, आईतवार
chiness

काठमाडौं, ९ चैत । कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर बाहिरिएको छ ।

नश्लीय भेद हुने गरी कोरोनालाई ‘चाइनिज भाइरस’ नभन्न विश्व स्वास्थ्य संगठनले गरेको आग्रह समेतलाई लत्याउँदै आएका ट्रम्पले भाषणको प्रतिमै कोरोना काटेर चानिज लेखेको तस्वीर सार्वजनिक भएपछि उनको आलोचना चुलिएको छ ।

बिहीबार कोराना भाइरससम्बन्धी प्रेस ब्रिफिङमा ट्रम्पले लिखित नोटमा ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखेको तस्वीर द वासिङटन पोस्टका फोटाग्राफर ज्याबिन बोट्सर्फडले सार्वजनिक गरिदिएका हुन् ।

पत्रकारहरुको ‘किन चाइनिज भाइरस भनेको ?’ भन्ने प्रश्नमा ट्रम्पले बारम्बार, ‘यो चाइनाबाट आएको हो, त्यही भएर म यसलाई चाइनिज भाइरस भन्छु’ भन्दै आएका छन् । यो अभिव्यक्ति रंगभेदी भएको भन्दै गरिएको आलोचनाको राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

tweet

कोरोना भाइरसका सम्बन्धमा चीन र अमेरिकाबीच रंगभेदी टिप्पणी हुने गरेको यो पहिलो पटक होइन । यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ताले पनि ट्वीट गर्दै वुहानमा आएका अमेरिका सेनाले चीनमा भाइरस भित्र्याएको आरोप लगाएका थिए ।

चिनियाँ अधिकारीको उक्त ट्वीटपछि ट्रम्पले लगातार आफ्ना भाषणमा कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् भने उनका विदेशमन्त्री माइक पम्पेओलगायतका अधिकारी पनि यो भाइरसलाई ‘चाइनिज भाइरस’ नै भन्ने गर्दछन् ।

अक्टोबर महिनामा चीनको वुहानमै सम्पन्न भएको सेनाहरुको विश्व खेलमा भाग लिन पुगेका अमेरिकी सेनाको टोलीले यो भाइरस छाडेको आरोप चिनियाँहरुले लगाएका थिए ।

भाइरसलाई लिएर राष्ट्रपतिस्तरबाटै रंगभेदी टिप्पणी भएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई ‘चाइनिज भाइरस’ वा ‘वुहान भाइरस’ नभन्न चेतावनी नै दिइसकेको छ । यसकै असर हुनसक्छ, कतिपय स्थानमा चिनियाँले दुव्र्यवहारको सामना नै गर्नुपरेको छ ।

यसैबीच, अमेरिकाले कोरोना भाइरस पहिचानका लागि चाँडो हुने स्वास्थ्य सामग्री चाँडै नै सार्वजनिक गरिने पनि जनाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले योसम्बन्धि सूचना दिँदै यो किटको सहाराले एक घन्टाभित्रै परीक्षणको नतिजा आउने जनाएको हो । जुन अमेरिकीहरुबीचमा सहजै उपलब्ध हुने पनि उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७