कोभिड-१९ संक्रमितको उपचारमा सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने


९ चैत्र २०७६, आईतवार
health ministray

काठमाडौं, ९ चैत । सरकारले कोभिड–१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको उपचारका लागि त्यस प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको हो ।

मन्त्रिस्तरीय निर्णयका आधारमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर हाल कार्यरतलाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड–१९ को रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने योजना बनाएको हो ।

त्यस्तै मन्त्रालयले सम्बन्धित कलेजसँग समन्वय गरी एमबिबिएस र एमडी अध्ययनरतलाई परिचालन गर्न पनि सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
हेर्नुस् पत्र

health

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७