कर्णाली प्रदेशको सुर्खेतमा ४ सय बेडको क्वारेन्टाईन निर्माण सुरु


९ चैत्र २०७६, आईतवार
surkhet qurantine

काठमाडौं, ९ चैत । कोरोना भाईरसको सम्भावित जोखीमबाट बच्न नेपालि सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको खुल्ला मञ्चमा ४ सय बेडको क्वारेन्टाईन निर्माण आरम्भ गरेकोे छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गत शुक्रबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले गरेको निर्णय बमोजीम क्वारेन्टाईन निमार्ण गर्न थालिएको हो ।

बैठकले रेडियो नेपालमा चारसय र अर्को स्थानमा ६ सय जना राख्न मिल्ने क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको भएपनि प्राविधिकरुपमा तोकीएका ठाउमा निमार्ण सम्भव नभएपछि सेनाले वीरेन्द्रनगरको खुला मञ्चमा ४ सय जना अट्ने क्वारेन्टाईन निमार्ण गर्न लागेको हो ।

सरकारले भारत लगाएतका वाह्य देशबाट आउने नागरिकहरुले अनिवार्यरुपमा क्वारेन्टाईनमा बस्नु पर्ने गरि क्वारेन्टाईन निमार्णको काम थालनि गरेको सरकारका प्रवक्ता तथा कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए ।

नेपाली सेनाका उत्तरपश्चिम पृतना नेवारेका सेनानी झपेन्द्रराज वि.सि.ले तत्कालका लागी ४०० बेडको क्वारेन्टाईन खुला मञ्चमा निमार्ण गरिने जानकारी दिए ।

अवस्था हेरेर थप वेडको व्यवश्था गरिने उनको भनाई छ । क्वारेन्टाईन निमार्णमा २ सय बढि सेना जुटेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७