आन्तरिक उठान मार्फत काठमाडौँ छाड्नेको संख्या उच्च


९ चैत्र २०७६, आईतवार
domestic flights

काठमाडौं, ९ चैत । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि अत्यावश्येक बाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेसँगै आन्तरिक उठानमार्फत काठमाडौँ छाड्ने सर्वसाधारणको संख्या पनि बढेको छ ।

सरकारले चैत १० गतेबाट लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन सोमबारबाट बन्द गर्न निर्णयसँगै आन्तरिक उडानमा चाप बढेको हो ।

आन्तरिक उडानमा यात्रुको चाप बढेसँगै एयरलाइन्स कम्पनीहरुले पनि उडान संख्या बढाउन थालेका छन् ।

शुक्रबार, शनिबार र आइतबार आन्तरिक उठानबाट राजधानी भित्रिनेको संख्याभन्दा बाहिरिनेको संख्या ७५ प्रतिशतले बढेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।

यसैबीच आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् ।

बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् ।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गरिदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७