भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन


९ चैत्र २०७६, आईतवार
samsadiya samiti

काठमाडौं, ९ चैत । संघीय संसद अन्तर्गतको राज्यको नीति निर्देशक सिद्धान्तहरुको अनुगमन मुल्यांकन निर्देशक समितिले भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।


कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिहदरबारमा आइतबार बसेको समिति बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तराष्ट्रिय क्षेत्रबाट आएको सहयोगको प्रस्ताव तत्काल स्वीकार गरी त्यसलाई परिचालन गर्न पनि निर्देशन दिएको छ ।

बैठकले बैठकले कोरोना परीक्षण तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ ।

दैनिक उपभोग्य बस्तु सहज बनाउन निर्देशन दिँदै समितिले विदेशी नागरिकको आगमनमा तत्काल प्रतिबन्ध लगाउन निर्देशन पनि बैठकले दिएको समिति सभापति निरादेवी जैरुले जानकारी दिए ।


नेपाली नागरिकलाई स्वदेश आगमनमा खुला गरि क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिइएको सभापति जैरु बताए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको बताउनुभयो । मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए ।

चीनबाट कोरोनाको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्री भट्टले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले कोरोना रोकथामबाट भएका तयारी सकारात्मक भएपनि प्रयाप्त नभएको भन्दै थप तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७