सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित


९ चैत्र २०७६, आईतवार
citizen bank3 1U2F3VdGfy

काठमाडौं,९ चैत । सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ ।

बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोनाभाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै साधारणसभा स्थगित गरेको जनाएको छ ।


बैंकको संचालक समितिको चैत ८ गते सम्पन्न ३३० औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारणसभा हाललाई स्थगित गरिएको बैंकले जनाएको हो । यसवाट शेयरधनीहरुलाई पर्न गएको असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७