विप्लवका माइला दाइसहित ६ जना ललितपुरबाट पक्राउ


१० चैत्र २०७६, सोमबार
maldai

ललितपुर, १० चैत । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका ६ जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ का माइला दाइ जयन्द्र चन्दसहित ६ जनालाई ललितपुरको मानभवनबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई जानकारी दिएका छन् ।

आइतबार राति पक्राउ गरिएका अन्य व्यक्तिमा विनोद चन्द, प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन् । विप्लवका जेठा र्दा यसअघि नै वीरगञ्जबाट पक्राउ परिसकेका छन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको एसएसपी राईले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७