फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली युवतीमा भेटियो कोरोना, राखियो आइसोलेसनमा


१० चैत्र २०७६, सोमबार
Bhanubhakt Dhakal 3 scaled

काठमाडौं, १० चैत । फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा संक्रमण कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन् । फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ । ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन ।

पत्रकार सम्मेलनमा कोभिड १९ विभिन्न रणनीति अपनाएर काम भइरहेको पनि जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७