कोरोनाबाट भारतमा आठौं व्यक्तिको मृत्यु, ४२५ संक्रमित


१० चैत्र २०७६, सोमबार
korona india

काठमाडौं, १० चैत । भारतमा कोरोना (कोभिड–१९) भाइरसबाट आठौं व्यक्तिको ज्यान गएको छ ।
भारतमा आज (सोमबार) सम्ममा कोरोनाबाट ४२५ मानिस संक्रमित भइसकेका छन् । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा कोरोनाबाट संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

आइतबार कोरोना नियन्त्रणको प्रयास स्वरुप भारतमा ‘जनता कर्फ्यु’ १४ घण्टासम्म लागू गरिएको थियो । उक्त अवधिमा भारत पुरै ठप्प पारिएको थियो । सबैले घरैमा बसेर सरकारको नियम पालना गरेका थिए ।

जनता कर्फ्यु १४ घण्टासम्म लागू भएपछि नै भारतमा दिल्लीसहितका मुख्य शहरहरुले आगामी मार्च ३१ सम्म शहर ‘लकडाउन’ ठप्प पार्ने भएका छन् ।

दिल्ली, मुम्बई, बैंगलोर, पुने, हैदराबाद र कोलकत्ता शहर सोमबार बिहान ६ बजेदेखि मार्च ३१ सम्म ठप्प हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै गोवाले पनि तीनदिन शहर ठप्प पार्ने बताएको छ ।

चीनले शहरहरु ठप्प पारेरै आफ्नो देशमा कोरोना संक्रमण हुन नदिएको भनेर विश्लेषण भइरहँदा भारतका यी मुख्य शहरहरुले सोही उपाय अपनाएका हुन् ।

अत्यावश्यक बाहेक सबै बजार, दोकान, उद्योग ती शहरहरुमा ठप्प हुने छन् । दिल्लीले आफ्नो सीमाना बन्द गरेको छ । त्यहाँको रेल सेवा तथा मेट्रो सेवा बन्दु हुनेछ । ती शहरहरुमा सार्वजनिक यातायात चल्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७