चीनको राजदूतमा पाण्डेको नाम सर्वसम्मतिले अनुमोदित


१० चैत्र २०७६, सोमबार
mahendra bahadur pandey

काठमाडौं, १० चैत । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्व परराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको समय दिएको थियो । उक्त समय आज सकिएको हो । उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि पाण्डेको नाम आजै सुनुवाइ गरिएको हो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७