टेलिकमले ल्यायो अनलिमिटेड ‘डे र नाइट भ्वाइस प्याक’


१० चैत्र २०७६, सोमबार
nepal telicom

काठमाडौं, १० चैत । नेपाल टेलिकमले अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु ल्याएको छ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ।

यो भ्वाइस प्याक खरिद गर्नका लागि *1415*9*2# डायल गर्नुपर्छ। साथै डिभियुएनएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ। प्याक एकपटक लिएपछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ।

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म जति पनि कुराकानी गर्न सकिन्छ।

यो प्याक लिनका लागि*1415*1*5*4# डायल गर्नुपर्छ। त्यसैगरी एनभियुएनएल लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415#मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज लिन सकिने टेलिकमले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७