तामाङखर्क माविमा पहलमान तथा धनमाया इ-पुस्तकालयको स्थापना, भरपूर उपयोग गर्ने प्रअको प्रतिवद्धता


१० चैत्र २०७६, सोमबार
gorkha

काठमाडौं, १० चैत । गँगा जमुना गाउँपालिका वडा नं ४, सादोबाटो, धादिङ स्थित तामाङ खर्क माध्यामिक विद्यालयमा पहलमान तथा धनमाया इ-पुस्तकालय स्थापना गरिएको छ ।

विद्यालयका संस्थापक कोषाध्यक्ष तथा सहयोग समितीको सक्रिय सदस्य स्वर्गीय पहलमान बज्राचार्य तथा उनका धर्मपत्नी धनमाया बज्राचार्यको स्मृतीमा छोराहरु खड्गमान बज्राचार्य, गोपीमान बज्राचार्य, मोतिमान बज्राचार्य, मनमाया बज्राचार्य (बुहारी) तथा स-परिवारहरुबाट प्राविधिक क्षेत्रमा अतुल्नीय सहयोग पुर्याउदैं पहलमान तथा धनमाया इ-पुस्तकालयको स्थापना गरिएको हो ।

Image1
यहि २०७६ फागुन ७ मा  इ-पुस्तकालय स्थापनासँगै कम्प्युटर, ल्याप्टप, राउटर, प्रोजेक्टर, स्पिकर लगायत करिब ३ लाख ८५ हजार भन्दा बढिको सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । सोही समारोहमा स्कुलको स्थापनामा स्वर्गीय पहलमान बज्राचार्यले खेलेको भुमिका बारेमा सहभागी समाजसेवी, शिक्षकहरुले आ-आफना भनाइहरु राखेका थिए ।

यसै इ-पुस्तकालयको पहलकर्ता तथा विद्यालयका पूर्वविद्यार्थी साथै शिक्षक मोतिमान बज्राचार्यले भोलीका दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैमा धन्यवाद दिएका थिए । कार्यक्रममा तामाङखर्क माध्यामिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिद्धारा अबिर तथा खादा लगाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएकाे थियाे । 

20200323 185810कार्यक्रममा प्रधानध्यापक दिनेश प्रसाद सिम्खडाले शैक्षिक वातावरण परिवर्तन गर्ने क्रममा इलाइब्रेरीले धेरै उथलपुथल ल्याउने र प्रगति गर्ने बताए । विगतमा पनि उक्त परिवारले थुप्रै अतुलनीय सहयोग गरेको स्मरण गर्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा वडाका अध्यक्ष, समाजसेवी, बुद्धिजीवि, शिक्षक, विद्यार्थी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।ganesh

कार्यक्रममा स्वर्गीय पहलमान बज्राचार्यका नाती गणेशमान बज्राचार्यले उक्त इ-लाइब्रेरीका विषेशता साथै के कसरी प्रयोग गर्न सकिन्छ ? भनि अडियो, भिडियो मार्फत प्रष्ट पारेका थिए । उक्त विद्यालयका प्रधानध्यापकले उनका परिवारलाई विद्यालयले कहिल्यै नबिर्सने बताउँदै सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको थियो ।

तामाङ खर्क माध्यामीक विद्यालयको स्थापना वि.स. २०१८ सालमा भएको थियो । हाल उक्त विद्यालयमा ६११ जना विद्यार्थी अध्यनरत रहेका छन् र ३० जना शिक्षक र शिक्षिका रहेका छन्  ।  उक्त  विद्यालयमा हाल १ देखि ६ कक्षा सम्म अंग्रेजी माध्यममा पठनपाठन पनि हुदै आएको छ । साेहि विद्यालयमा ११ र १२ मा व्यवस्थापन तथा शिक्षा संकायकमा पनि पठनपाठन भइरहेको छ । राम्रो गुणस्तरिय र नमुना विद्यालय बनाउने अभियानमा तामाङ खर्क माध्यामिक विद्यालयले आवसिय पठनपाठनको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७