कोरोनाबाट भारतमा ज्यान गुमाउने १० पुगे, ४९९ संक्रमित


११ चैत्र २०७६, मंगलवार
kovid 1

काठमाडौं, ११ चैत । उच्च सतर्कताका बीच पनि भारतको कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र बनेको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

सोमबार थप दुई संक्रमितको मृत्यु भएपछि मृतकको संख्या १० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार बिहानसम्ममा भारतमा कोरोनाबाट ४९९ जना संक्रमित भएका छन् । संक्रमण बढ्दै जाँदा मानिसहरु त्रसित बनेका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ३४ जना उपचारपछि निको भएका छन् । भारतमा आइतबारदेखि पूरै देशमा लकडाउन गरिएको छ । सबैले घरैमा बसेर सरकारी नियम पालना गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७