क्रिश्चियन धर्म माने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ


११ चैत्र २०७६, मंगलवार
Keshab Acharya

पोखरा, १० चैत :  कोरोनाभाइरसको बारेमा भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका पास्टर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेका हुन् ।

आचार्यले यशुका अनुयायीलाई कोरोनाभाइरस नलाग्ने भन्दै क्रिश्चियन धर्ममा लाग्न अनुरोध गर्दै भ्रम फैलाएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले यसअघि पनिफुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । उनको यो भिडियो भाइरल बनेको थियो ।

आचार्यले केही दिन यता यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिदै आएका थिए । कोरोनाभाइरसबाट बच्नका लागि क्रिश्चियन धर्म मान्नु पर्ने भन्दै गलत प्रचार गरेका थिए ।

आचार्यले माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७