आइसोलेसनमा मृत्यु भएका वीरगञ्जका युवामा मिर्गौला र लुपस रोग थियो : अस्पताल


११ चैत्र २०७६, मंगलवार
coronoVirus Hospitala

काठमाडौं, ११ चैत । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक युवाको मृत्युको कारण तत्काल किटान भइनसकेको अस्पतालले जनाएको छ ।

आइसोलेसनमा उपचाररत वीरगञ्ज जगन्नाथपुरका ३० वर्षे युवामा मिर्गौला र लुपस रोगी रहेको अस्पालले जनाएको छ । उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले युवाको मृत्युको कारण कोरोना भएको पुष्टि भइनसकेको बताएका छन् । उनले भने, ‘उनी मिर्गौला र लुपस रोगबाट पीडित रहेछन्, भरतपुरकै चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेकोमा केही दिनअघि ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याएर जाँच गरिएको थियो ।’

प्रवक्ता डा. अधिकारीले थपे, ‘हामीले कोरोना आशंकामा परीक्षणका लागि नमूना काठमाडौं पठाएका छौं, त्यसको रिपोर्ट आउन बाँकी नै छ, रिपोर्ट आएपछि थप बताउन सकिन्छ ।’

मंगलबार बिहान साढे नौ बजे उनको मृत्यु भएको डा. अधिकारीले जानकारी गराएका छन् । ‘काठमाडौंबाट नमूना परीक्षण रिपोर्ट नआएसम्म शवलाई हस्तान्तरण नगर्ने भएका छौं’, उनी भन्छन् ।

bharatpur

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७