गौरीफन्टा नाकामा तनावपूर्ण, आफनो देश प्रवेश गर्न नपाएपछि सरकारविरुद्ध नाराबाजी


११ चैत्र २०७६, मंगलवार
ghauriphanta naka

धनगढी, ११ चैत । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।


करिब ६ सयको संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ । निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् ।

सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो ।

सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन । तर ढिला गरी गौरीफन्टा नाका हुँदै उनीहरु नेपाल फर्किएपछि प्रहरीले प्रवेशमा रोक लगाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७