माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त


११ चैत्र २०७६, मंगलवार

काठमाडौं,११ चैत । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् ।


बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ (चार) वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो ।


नयाँ नियुक्तिअघि उनी सो बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । कोइराला माछापुच्छ्रे बैंकमा विगत ७ वर्ष देखि कार्यरत छन् भने उनीसँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव रहेको छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७