चीनमा देखियो फेरि अर्को नयाँ भाइरस, एकको मृत्यु


१२ चैत्र २०७६, बुधबार
rat

काठमाडौं, १२ चैत । कोरोना (कोभिड–१९) भाइरसको महामारीबाट बल्ल तङ्ग्रिंदै गरेको चीनमा फेरि अर्को नयाँ भाइरस देखापरेको छ ।

चिनियाँ सञ्चारमाध्यममा अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले एक जनाको मृत्यु भएको हो । युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो ।

त्यस लगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो । सोही आधारमा उनको मृत्यु पनि सोही भाइरसका कारण भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने सीडीसीले जनाएको छ । मुसाको पिसाब, र्‍याल वा राम्ररी नपचेका खाद्य पदार्थको बाँकी अशंबाट मानिसमा सर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

यसको प्रारम्भिक लक्षण थकान, ज्वरो आउने, मांशपेसी दुख्ने, रिंगटा लाग्ने आदि हुन् । समयमै उपचार नभए खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ र ज्यान पनि जान सक्ने चिकित्सकले बताएका छन् । मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने पहिलो उपाय भएको सीडीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७