कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना


१२ चैत्र २०७६, बुधबार
media centre Mantri Bhanubhakt Dhakal 3 scaled
sf7df8f}F, !) r}tM :Jff:YodGqLsf] kqsf/ ;Dd]ng :jf:Yo tyf hg;ªVofdGqL efg’eQm 9sfn dGqfnodf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf sf]le8–!( sf ljifodf hfgsf/L lbFb} . k|mfG;af6 stf/ x’Fb} ut dªunaf/ g]kfn cfPsf Ps JolQmdf sf]/f]gf efO/; kf]h]l6e b]lvPsf] 5 . z’s|/fh 6«lksn tyf ;?jf /f]u c:ktfndf hfFr ubf{ !( jifL{of o’jtLdf sf]le8–!( kf]h]l6e b]lvPsf] / pgnfO{ clxn] c:ktfnsf] cfO;f]n]zgdf /flvPsf] 5 . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौँ, १२ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।


सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए ।

मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकारसम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।

मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ ।

त्यस्तै फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा। कार्कीले जानकारी दिए ।

यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एपसमेत बनाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७