न्यूयोर्कमा कोरोनाबाट पाँचथरका अनिल लिम्बूको मृत्यु


१२ चैत्र २०७६, बुधबार
anil

काठमाडौं, १२ चैत । अमेरिकाको न्यूयोर्कमा एक नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

अमेरिकाको न्यूयोर्क बस्दै आएका पाँचथरका अनिल लिम्बूको कोरोनाबाट ज्यान गएको हो । अनिल १८ वर्षदेखि न्यूयोर्कमा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । उनका दुई छोरा र एक छोरी पनि उतै बस्छन् । अनिल मधुमेहका रोगी समेत रहेको उनका दाइ खगेन्द्रले जानकारी गराएका छन् ।

पाँचथर कुम्याक गाउँपालिका–९ का ५० वर्षीय अनिलको कोरोना भाइरसका कारण ज्यान गएको उनका दाजु खगेन्द्र सम्बाहाम्फे (लिम्बू) ले जानकारी गराएका छन् ।

लिम्बूको मृत्युसँग विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या दुई पुगेको छ । यसअघि बेलायतको लण्डनमा एक पूर्व गोर्खा सैनिकको कोरोनाबाट ज्यान गएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७