मेस्सीसहित २८ खेलाडीको कोरोना विरुद्ध भिडियो सन्देश


१२ चैत्र २०७६, बुधबार
messi scaled

काठमाडौं,१२ चैत ।अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी,भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीलगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरि २८ जनाले सन्देश दिएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट बच्नका लागि अभियान चलाउने तयारी गरिरहेको छ । जसमा विश्वका चर्चित वर्तमान र पूर्व खेलाडीहरुलाई प्रयोग गर्न लागिएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि ५ वटा उपाय सो भिडियो सन्देशमार्फत दिइने बताइएको छ ।

भिडियोमा पास द म्यासेज टु किक आउट कोरोना भाइरस भन्ने सन्देश रहेको छ । भिडियोमा डब्लूएचओको मार्गनिर्देश अनुसार हात धुन, खोक्दा सदाचार अपनाउन, अनुहारमा नछुन, शारीरिक दूरी र घरमै बस्न आग्रह गरिएको छ । यस्तो भिडियो सन्देश १३ भाषामा निर्माण गरिने जनाइएको छ । जसमा २८ खेलाडी प्रयोग गरिने बताइएको छ ।

जसमा क्षेत्रीसँगै फुटबलका चर्चित मध्येका एक लियोनल मेस्सी, विश्व कप विजेता फिलिप लाहम, इकर कासिलास र कार्लोस पुयोल प्रयोग हुने बताइएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो कोरोना भाइरसको महामारी विरुद्धको सन्देश दिनका लागि सुरुवातबाट सक्रिय भएका थिए ।

 

फिफा कोरोना भाइरसविरुद्धको अभियानमा सातमा रहेको मात्रै होइन आर्थिक हिसाबले पनि सहयोगी बनेको छ । यो अभियानमा फिफा हामीसँगै छ । यसले विश्वभर यसका विरुद्धसँगै लड्नका लागि सन्देश दिनेछ, डब्लूएचओकाका प्रबन्ध निर्देशक टेड्रोस अडानोम घिब्रेयसुले भने ।

फिफाले डब्लूएचओको कोभिड १९ विरुद्धको अभियानका लागि १० मिलियन डलर आर्थिक सहयोग गरिसकेको छ । ‘हामीले संयुक्त रुपमा काम गर्नुपर्ने हुन्छ । स्वास्थ्य पहिलो प्राथमिकता हो’ , इन्फान्टिनोले भनेका छन्, ‘हामी विश्व व्यापी रुपमा एकबद्ध छौं र सन्देश दिन चाहान्छौं । त्यसैमा हाम्रा उत्कृष्ट खेलाडीहरुले त्यो सन्देशमा साथ दिदैछन् ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७