बैंक तथा वित्तीय संस्थाहरुलाई चैत मसान्तसम्म कर्जाको सावा र ब्याज असुली नगर्न निर्देशन


१२ चैत्र २०७६, बुधबार
youraj khatiwada

काठमाडौं, १२ चैत । सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।

bank

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैंकवित्तबाट हुने नगद कारोबारको सूनिश्चितता मिलाउन तथा सकेसम्म थोरै कर्मचारीबाट सेवा प्रदान गर्न एवं डिजिटल सेवामा जोड दिन र एटीएमहरुमा प्रसस्त रकम जम्मा गर्न बैंकवित्तलाई निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७