संयुक्त राष्ट्रसंघले भन्यो, ‘कोरोना भाइरसको डढेलाे मानव अस्तित्वमाथि नै खतरा’

कोरोनाविरुद्ध देशहरुको एक्ला–एक्लै लडाईं पर्याप्त हुँदैन


१३ चैत्र २०७६, बिहीबार
Antonio Guterres 1

काठमाडौं, १३ चैत । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसको डढेलो मानव अस्थित्वमाथि नै खतराको संकेत बनेर देखापरेको बताएका छन् । उनले अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन् ।

यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलोझैं फैलन गई दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला–एक्लै लडाई पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाई शुरु गर्नुपर्नमा जोड दिए ।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाईबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ । कोरोनाविरुद्धका लडाईमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाईको लागि अपिल गरेका हुन् ।

महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशस्त्र युद्ध तत्काल रोक्न आह्वान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७