‘गायक बन्न घर छोडेको नायक भए’


२९ पुष २०७४, शनिबार
Madhav thapa

काठमाण्डौं : इलामको जिरो किलोमिटर घर भएका माधव केसी नेपाली चलचित्रमा नायक बनेर जम्दै छन् । इलाम सदरमुकामको ज्योति सदन स्कुलमा पढ्दै गर्दा आफू कलाकार बन्ने कुरा सुनाउँदा घरका कसैले नपत्याएको बताउने केसी घरमा भएको तीन हजार सात सय रुपैयाँ खुसुक्क झिकेर काठमाण्डौं पसेको सुनाउँछन् ।Madhav thapa

गायक बन्न घरको पैसा छानिएर काठमाण्डौं हालिएपछि डरले ६ महिनासम्म घरमा सम्पर्क नगरेको आफ्नो विगत सुनाउँदै केसी भन्छन्–‘त्यसपछि एकै पटक स्वर, सङ्गीत र अभिनयको दुई वर्ष कक्षा लिएँ । उबेलाको आफूमा चढेको गायकी भूतका बारेमा तानाबाना खोल्दै केसीले सुनाउँछन्–‘गीतको एल्बम निकाल्न सङ्गीतकार किरण कर्णेलकोमा गएर आफ्नो गायकी सुनाउँदा अझै दुई वर्ष अभ्यास गरेर आउनु भनेर फर्काइ दिनुभयो ।’ त्यो बेला आफू क्वाँक्वा रुदैं कोठा फर्किएको विगतको किस्सा सुनाउँदै उनले भने–‘त्यसपछि गायक बन्ने सपना छोडेर नायक बन्न अभिनयमै जोड दिएँ । घरबाट गायक बन्ने भनेर हिँडेको म भाग्यले नायक बन्न पुगेँ ।’

‘जिन्दगी’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका माधव केसीको अभिनय यात्रा नेपाली चलचित्र हुँदै भोजपुरी चलचित्रमा समेत पुगिसकेको छ । ‘सन्देश’, ‘जिन्दगी’, ‘जस्ट फर यु’, ‘मनमनै मन पराएँ’, ‘परिवर्तन’, ‘गोफ्ले नम्बर वान’, ‘चाहना मनको’, ‘गुप्तचर’ लगायतका चलचित्रमा माधव केसी नायक भूमिमा मज्जाले जमेका छन् ।madhav thapa 2
आफ्नो अभिनय यात्राको प्रेरणा नायक राजेश हमाल भएको र उनको चलचित्र नछुटाइ हेर्ने गरेको सुनाउँदै आफ्नो चलचित्र अभिनयको पहिलो अनुभव भन्ने डरलाग्दो रहेको केसीले सुनाउँछन् । आफ्नो पहिलो चलचित्रमा गुडीरहेको बससँग मोटरसाइकल ठोक्काउनु पर्ने दृश्यमा साँच्चै दुर्घटना भएपछि नाक, ढाडमा चोट लागेको नरमाइलो किस्सा सुनाउँदै केसी भन्छन्–‘दुर्घटनामा परेपछि त्यो चलचित्रमा मेरो छोटो दृश्य मात्र समावेश छ ।’ चलचित्रसँगै नायक केसीले दीपक लिम्बू, स्वरुपराज आचार्य, कल्पना श्रेष्ठ, राजन क्षेत्री, दिनेश कार्कीलगायतका गायक÷गायिकाको गीतमा मोडलिङ्ग पनि गरेका छन् ।

कला क्षेत्रमा पस्न पहिला अभिनयमा खारिनु पर्ने नयाँ कलाकारलाई सुल्झाउँदै केसीले अहिलेको कला जगत्को यथार्थ ओकले–‘चिनजान नहुँदा अवसर पाइँदैन, आफैले लगानी गरेर चलचित्र बनाउनु पर्छ, अभिनय पनि कमसल भयो भने चलचित्रसँगै कलाकार र लगानी सबै डुबिन्छ ।’ गीतको एल्मब निकाल्न सङ्गीतकार किरण कर्णेलको आफूसँगै जाने साथीहरू डिजराज पौडेल, पुनम पन्तलगायतका साथीहरू अहिले गायनमा जमिरहेको जानकारी दिँदै केसीले भन्ने–‘गायनमा नरहे पनि गायन छेउकै कला क्षेत्रमै छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७