‘वनका राजा’ पनि लकडाउनमा


१३ चैत्र २०७६, बिहीबार
Raute

दैलेख, १३ चैत । ‘आफूलाई वनको राजा’ भन्न मन पराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो ।

कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए ।

‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं ।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिए ।

खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७