जनकपुरमा आदेशको अवज्ञा गर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रण


१३ चैत्र २०७६, बिहीबार
trafice

जनकपुरधाम, १३ चैत । सरकारद्वारा जारी लकडाउनको आदेश पालना नगर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकलको सबैभन्दा अधिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकल ७२, अटोरिक्सा १, ट्रयाक्टर २ रहेका छन् । आदेशको अवज्ञा गर्ने २६ जना मानिसलाई पक्राउ समेत गरिएको जनाइएको छ ।

पहिलो दिनभन्दा आज आदेशको अवज्ञा गर्ने सावरीसाधनको संख्यामा कमी आए पनि मानिसको संख्यामा वृद्धि भएको देखिएको छ । पहिलो दिन ३६९ सवारीसाधनलाई नियन्त्रण र ८ जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७