पिपीइ ड्रेस लगाएका चालकसहित झापामा ६ एम्बुलेन्स तयारी अवस्थामा


१३ चैत्र २०७६, बिहीबार
ambulance2019 12 24 06 46 40

झापा, १३ चैत । लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्‍याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।

उनले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । चालकलाई एन–९५ मास्कसमेत दिएर हरि–हिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे १ च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे १ च ८९९, उद्योग वाणिज्य सङ्घ मेचीनगरको मे १ च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे १ च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश १–००१ झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स रहेका छन् ।

कोरोना सर्ने डरले एम्बुलेन्स चालकले बिरामी नबोक्ने हुन् कि भन्ने आशङ्का अब मेटिएको छ । विदेशबाट आएर रुघाखोकी लागेको, होम क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेका, अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई समेत यी एम्बुलेन्सले जुनसुकै बेला सेवा पुर्‍याउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७