कोरोना कहर : अब आधा भरेको ग्याँस सिलिन्डर मात्र पाइने


१३ चैत्र २०७६, बिहीबार
gass n nepal oli nigam

काठमाडौं, १३ चैत । अब उपभोक्ताले आधा भरेको ग्याँस सिलिण्डर पाउने भएका छन् । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्याँस उद्योगहरुलाई निर्देशन दिएको छ ।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्याँस हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्याँस हुनेछ ।
मागअनुसार ग्याँस पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्याँस बेच्ने निर्णय भएको निगमका एक अधिकारी बताउँछन् । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्याँस भर्न निर्देशन दिएको एलपी ग्याँस उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरेले पुष्टि गरेका छन् ।

२०७२ मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।

अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्याँसको माग ह्वातै बढेको छ । तर बजारमा आपूर्ति निकै कमजोर छ । त्योमाथि कालोबजारी समेत मौलाएको छ । शुरुमा ग्याँस आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन शुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।

एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष घिमिरे भन्छन्, ‘हामीले आधा भर्न शुरु गरिसकेको छैनौं । सरकारबाट थप निर्देशन कुरिरहका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७