नागढुङ्गा-कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो


१३ चैत्र २०७६, बिहीबार
spray

काठमाडौं, १३ चैत । काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ ।

चन्द्रागिरी नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए । ‘कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्’, उनले भने ।

नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले जानकारी दिए । नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलन समेत अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७