कोरोनाभाइरस उपचार कोषमा विशाल ग्रुपद्वारा १ करोड सहयोग घोषणा


१३ चैत्र २०७६, बिहीबार
VG Logo s71qFVqZRE

काठमाडौं, १३ चैत । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम र उपचार कोषमा विशाल ग्रुपले एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालमा कोरोनाभाइरसको जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउण्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्रीउपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको पनि जनाएको छ ।


कोरोनाभाइरसकको त्रास सुरु भएपछि फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल ९प्रसुती गृह० र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।

फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुपले सहयोग गर्ने बताएको छ ।

साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्दै सर्वसाधारण जनतालाई सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन सबैको सुरक्षाको लागि भएकाले मिलेर पालना गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७