आज सांग्रिला डेभलपेन्ट बैंकका यी शाखा कार्यालय हुन्छन् खुल्ला


१३ चैत्र २०७६, बिहीबार
Sangrila development bank

काठमाडौं, चैत १३ । सांग्रिला डेभलपेन्ट बैंकले आज केही शाखा कार्यालय खुलाउने जनाकारी गराएको छ ।

कोरोनाभाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरेसँगै सृजना भएको यस विशम परिस्थितिमा बैंकले प्रदान गरिरहेको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटीएम सेवा, मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपीएस सेवा आदि) प्रयोग गर्न पनि ग्राहकहरुमा अनुरोध गरेको छ ।

साथै, यस डेभलपेमन्ट बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम वैकिङ्ग सेवा प्राप्त गर्न सहज होस् भनेर बैंकले केही शाखा खोल्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजत पत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको मिति चैत १२ को सूचना अनुसार यस विशम परिस्थितिमा कोरोनाभाइरस संक्रमणको अवस्थालाई ध्यान पुर्याई, आवश्यक शतर्कता अपनाई निश्चित दुरी कायम गरी देहाय बमोजिमको शाखा कार्यालयहरुबाट चैत१३ गतेका दिन न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने जनाएको छ ।

sangrila dev bank branch 96HILLkfMB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७